संघीय सरकारका कारण रौतहट वर्षेनी डुबानमाः मुख्यमन्त्री राउत

प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारको कारण रौहतट वर्षेणी डुुबानमा पर्ने गरेको आरोप लगाउनुभएको छ ।
मुख्यमन्त्री राउतले हिजो रौतहटको बाढी प्रभावित क्षेत्र माधव नारायण नगरपालिकामा आयोजित राहत वितरण समारोहमा रौतहट वर्षौदेखि डुबानको समस्याबाट गुज्रिनु परेको बताउनुभयो ।
उहाँले संघीय सरकारले वास्ता नगरेकै कारण रौतहट मात्र नभई मधेशका सबै जिल्ला डुबानमा पर्ने गरेको आरोप लगाउनुभयो ।
रौतहटको पुर्वीभेग बागमती र पश्चिममा रहेको लालबकैया नदीका कारण डुुबान र कटानको समस्या हुँदै आएको भन्दै उहाँले उक्त नदी नियन्त्रण अथवा डुुबान र कटानको स्थाई समाधान खोज्न संघीय सरकारले खासै ध्यान नदिएको उहाँको आरोप छ ।







