गैरकानुनी रूपमा मलेसियामा बस्दै आएका नेपाली कामदारलाई स्वदेश फर्कन अवसर

मलेसिया सरकारले गैरकानुनी रूपमा बस्दै आएका नेपाली कामदारलाई आफ्नै देशमा फर्कन अवसर दिन ‘प्रोग्राम ब्याक फर गुड’ नामक कार्यक्रम ल्याएको छ ।
यो कार्यक्रम अगष्ट एक तारिखदेखि डिसेम्बर ३१ तरिखसम्म लागू हुने मलेसियन सरकारले जनाएको छ।
कार्यक्रममा समावेश हुनको लागि नेपाली कामदारले मलेसिया सरकारलाई जरिवाना स्वरूप सात सय रिङ्गिट, पासपोर्ट नहुनेका लागि एकतर्फी यात्रा अनुमतिपत्र वापत लाग्ने सरकारी राजस्व एक सय ६० रिङ्गिट, मलेसियाबाट नेपाल जाँदा लाग्ने हवाइ टिकट आफैंले तिर्नुपर्नेछ ।
उक्त कार्यक्रममार्फत् नेपाल फर्कन अन्य कुनै व्यक्ति, संस्था वा संगठनसँग सम्पर्क नगरी सोझै नेपाली राजदूतावासमा सम्पर्क गर्न सकिने बताइएको छ ।







