अझै दुई दिन झरी पर्ने, सावधानी अनपाउन गृह मन्त्रालयको आग्रह

अझै दुईदिनसम्म वर्षा जारी रहने भएकाले उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
विभागका अनुसार केही दिनदेखि सक्रिय रहेको मनसुन शुक्रबार देखि थप सक्रिय भएको थियो । निरन्तरको झरी भोलिसम्म जारी रहने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।
आज देशका पूर्वी, मध्य र पश्चिमी क्षेत्रमा निरन्तर वर्षाको सम्भावना छ ।
पूर्वी र मध्य पहाडी क्षेत्रमा भारी वर्षा हुने भएकाले नदी तटिय क्षेत्रका नागरिक आज र भोलि थप सचेत हुनु पर्ने महाशाखाको भनाई छ ।
यसैबीच गृहमन्त्रालयले डुबान र पहिरोका जोखिमयुक्त स्थानमा सावधानी अपनाउन, उच्च जोखिम रहेका बस्तीहरु पहिचान गरि सुरक्षित स्थानमा सार्न, आपतकालिन खानेकुरा, कपडा, औषधी र पानीको जोहो गरि राख्न, आग्रह गरेको छ ।
यस्तै नदी किनारका बस्तीमा उच्च सर्तकता अपनाउन, नदीको सतह बढ्ने भएकाले नदी आसपासबाट सर्न र बालबालिका तथा जेष्ठ नागरिकलाइ ख्याल गर्न मन्त्रालयले सूचना निकालेर आग्रह गरेको छ ।







