देशभर बाढी पहिरोमा परि २१ जनाको मृत्यु, आठ जना अझै बेपत्ता
लगातारको वर्षाका कारण आएको बाढी र पहिरोमा परी मुलुकभरमा २१ जनाको मृत्यु भएको छ ।
अझै आठ जना बेपत्ता छन् भने बाढी र पहिरोमा परी नौ जना घाइते भएका छन् । सात जनाको भने शकुसल उद्धार गरिएको छ ।
काठमाडौँमा र खोटाङमा तीन÷तीन जना, भोजपुर, काभ्रे, ओखलढुंगा र झापामा दुई÷दुई जना, रामेछाप, इलाम, मकवानपुर, सिन्धुली, धादिङ, ललितपुर, र पर्सामा एक÷एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रौतहटमा दुई, मकवानपुर, सुनसरी, पाँचथर, महोत्तरी, मोरङ र काठमान्डुमा एक÷एक जना गरी आठ जना बेपत्ता भएका छन् ।
अविरल वर्षले जनजीवन प्रभाति भएको छ भने ६ हजार भन्दा धेरै नागरिक विस्थापित भएका छन् । सबै भन्दा धेरै क्षति प्रदेश १, २ र ३ मा भएको छ ।
गृहमन्त्रालयले वर्षा र बाढीबाट प्रभावितहरुको उद्धार कार्य तिब्र पारेको दाबी गरेको छ ।
देशभर भएको बर्षाका कारण ठाउँ, ठाउँमा मानविय तथा भौतिक क्षति भएको र त्यसको लगत संकलन तथा उद्धार र राहत वितरणको काम सुरु भएको गृहमन्त्रालयका सूचना अधिकारी तथा उपसचिब उमाकान्त अधिकारीले जानकारी दिनुभयो ।
गृहमन्त्रालयले स्थानीय प्रशासन, प्रदेश र स्थानीय सरकार, रेडक्रस लगायतका संघ संस्था लगायतसँग समन्वय गरि उद्धार र राहतको कामलाई प्रभावकारी बनाएको दाबी गरेको छ । सीआईएन







