लगातारको वर्षाले तराईमा डुबान, पहाडमा पहिरो, अझै २/३ दिन मनसुन अति सक्रिय रहने मौसमविद्को अनुमान
लगातारको वर्षाले तराईमा डुबान र पहाडमा पहिरोको उच्च जोखिम बढेको छ । वर्षाका कारण आएको बाढी र पहिरोले त्यस क्षेत्रको जनजिवन प्रभावित भएको छ ।
हाल मनसुन न्यूनचापिय रेखा नेपालको तराई भू–भागमा रहेकाले मध्य र पुर्वी भूभागमा अझै २/३ दिनसम्म मनसुन अति सक्रिय भइ वर्षा जारी रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लगातारको देशका अधिकांश स्थानमा पूर्ण बदली रही मध्यपूर्वका केही स्थान र पश्चिम क्षेत्रका धेरैजसो स्थानमा मनसुनी वर्षा भइरहेको छ ।
हिजोदेखि देशका अधिकांश स्थानमा भारी वर्षा भइरहेको छ । पर्सी आइतबारसम्म देशका अधिकांश भू–भागमा मनसुन सक्रिय हुने भएकाले देशभर वर्षा र बाढीको सम्भावनाबाट सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
आज, भोली (शनिबार) र पर्सी आईतबार नदि आसपासको क्षेत्रमा रहेका वस्तीमा बाढिको जोखिम र अन्य स्थानमा पहिरो जान सक्ने भन्दै सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।
लगातारको वर्षासँगै कोशि, कर्णाली र त्रिशुली नदिमा पनि पानीको बहाब बढेको छ । त्यससँगै अन्य नदिहरुमा पनि पानीको बहाब बढ्दा लाखाँै वस्ती ढुवानको जोखिममा परेका छन् ।
देशका तराई भूभागहरु विशेष गरि सर्लाही धनुषा महोत्तरी सिन्धुली, रौतहट, बारा, पर्सा लगायत आसपासका क्षेत्रहरुमा हिजो हावाहुरी सहितको वर्षा भएको थियो ।







