लगातारको वर्षाले हेटौंडा–काठमाण्डौं छोटो दुरीको सडकखण्ड अवरुद्ध

छहारी संवाददाता
असार २७, २०७६

केहिदिन देखिको लगातारको वर्षाका कारण हेटौंडा–काठमाण्डौं आवतजावत गर्ने छोटो दुरीको सडकखण्ड अवरुद्ध भएको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको फाखेल, सिस्नेरी र छेपारे भन्ने स्थानमा पहिरो झरेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।

यस्तै निरन्तरको वर्षाले हेटौंडा–काठमाण्डौ जाने कान्तिलोकपथ सडक पनि चार दिन देखि अवरुद्ध छ ।

यता मकवानपुरको कैलाश गाउँपालिका, राक्सीराङ गाँपालिका क्षेत्र र हेटौंडाका पनि ग्रामिण सडकहरु अवरुद्ध हुँदा सवारी साधन चल्न समस्या भएको छ ।

यता पुर्वि मकवानपुरको बकैया, वागमती सडक खण्डको केहि भागमा समेत सवारी आवगमन रोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*