हिंसाको साहारा लिएर घेराबन्दी नगर्न कांग्रेसलाई सरकारको आग्रह

छहारी संवाददाता
असार २७, २०७६

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई हेर्ने दृष्टिकोण सार्वजनिक गर्न सरकारले नेपाली कांग्रेसलाई आग्रह गरेको छ ।

आज आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले हिंसाका बारेमा कांग्रेसको धारणा माग गर्नुभयो ।

कांग्रेसको पछिल्लो विचार विप्लव नेतृत्वको नेकपाका गतिविधिलाई समर्थन गर्ने आशयका भएको भन्दै उहाँले भोजपुरमा भएको घटनामा प्रहरी मारिएको स्मरण गर्नुभयो ।

हिंसा आतङ्कलाई प्रोत्साहित गर्दै जाँदा कहाँ पुगिन्छ भन्ने विगतलाई सम्झिन पनि मन्त्री बास्कोटाले कांग्रेसलाई आग्रह गर्नुभयो ।

‘दिनभरि वीपी रातभरि विप्लवको लाइनमा कांग्रेस हो ?’ उहाँले प्रश्न गर्नुभयो । हिंसाको साहारा लिएर सरकारलाई घेराबन्दी गर्न नखोज्न पनि उहाँले आग्रह गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*