प्रहरीसँगको झडपमा ज्यान गुमाएका सिंहको परिवारलाई सरकारले १० लाख दिने

सरकारले प्रहरीसँगको झडपमा परी मृत्यु भएका सर्लाहीका सरोजनारायण सिंहको परिवारलाई १० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।
आज आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सिंहको परिवारलाई राहत स्वरुप १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिनुभयो ।
घटनामा घाइते भएकाहरुको उपचारको व्यवस्था पनि सरकारले गर्ने उहाँको भनाइ छ ।







