आफूलाई झुक्याइएको भन्दै प्रधानमन्त्री ओलीले मागे माफी

छहारी संवाददाता
असार २७, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालभित्र आयात हुने विषादी परीक्षणका बारेमा गरिएको निर्णयका कारण आफू लज्जित भएको बताउनु भएको छ ।

आज काठमाडौँमा भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सीमा नाकामा भइरहेको विषादी परीक्षण रोक्न आग्रह गर्दै भारतबाट आएको पत्रबारे आफूलाई झुक्याइएको टिप्पणी गर्नुभयो ।

आफूले जानकारी नपाएकै कारण पत्र आएको छैन भनी सार्वजनिक अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसका लागि क्षमा माग्नुभयो । आफूलाई झुक्याएको विषय सामान्य लापरवाही हो वा जानीबुझी भन्ने बारेमा बुझ्ने काम भइरहेको उहाँको भनाइ छ ।

नेपालीको भान्सामा विषादी पाक्न हुँदैन, शुद्ध खाना हुनुपर्छ भन्ने सरकारको उद्देश्य भएको भन्दै प्रधानमन्त्री ओलीले सरकारविरुद्ध चलाएको मिसन पूरा हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।

ओलीले सरकारविरुद्ध सञ्चार माध्यमले भ्रम फिजाएको भन्दै असन्तुष्टि जनाउनुभयो ।

हिजो त्रिभुवन विश्व विद्यालयको ६० औँ वार्षिकोत्सवको कार्यक्रममा सहभागी हुँदा ओछयाइएको रातो कार्पेटबारे विभिन्न सञ्चार माध्यमहरूले बनाएको समाचारमा असन्तुष्टि जनाउनुभएको हो । सिआइएन खबर

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*