खानेपानीका वहुवर्षिय योजनाहरुमा बजेट सुनिश्चित गरिएको छः मुख्यमन्त्री जम्मकट्टेल
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले खानेपानीका वहुवर्षिय योजनाहरुमा बजेट सुनिश्चित गरिएको बताउनु भएको छ ।
मंगलबार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुको बागमती प्रदेश स्तरीय क्षमता अभिबृद्धी तालिमको हेटौंडामा उद्घाटन् गर्दै उहाँले प्रदेश सरकारको मुख्य प्राथमिकता खानेपानी रहेको बताउनुभयो । बजेट बनाउँदा खानेपानीमा प्राथमिकता दिइएको भन्दै मुख्यमन्त्री जम्कट्टेलले अन्य क्षेत्रको बजेट काटेर भएपनि खानेपानीमा काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका खानेपानी, उर्जा, तथा सिंचाइ मन्त्री एकालाल श्रेष्ठले खानेपानीको समस्या हल गर्न सबै एक हुने बेला आएको बताउनुभयो । खानेपानी योजनाका लागि बजेट प्राथमिकता दिइएको उहाँले बताउनुभयो ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालको आयोजना तथा खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालय र खानेपानी तथा सरसफाइ डिभिजन–१ हेटौंडाको सहकार्यमा कार्यक्रम भएको हो ।
खानेपानी तथा सरसफाई, सबैका लागि सधैंका लागि भनने नारा सहित सुरु भएको तालिम उद्घाटन कार्यक्रममा उद्योग, वाणिज्य तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मन्त्रालयका सचिव इन्द्र देव भट्ट, खानेपानी तथा सरसफाइ डिभिजन नम्बर–१ हेटौंडाका प्रमुख हरिराम पौडेल लगाएतकाको आतिथ्यता रहेको थियो । कार्यक्रम खानेपानी उपभोक्ता महासंघका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो ।






