मकवानपुरगढी गाउँपालिकामा अन्तरपालिका स्तरीय रनिङशिल्ड फुटसल प्रतियोगिता हुने

छहारी संवाददाता
२० पुष २०८०, शुक्रबार १८:४९

मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा सहिद रुद्र पाख्रीन तथा वासुदेव घिमिरे स्मृती अन्तरपालिका स्तरीय रनिङशिल्ड फुटसल प्रतियोगिता हुने भएको छ ।

शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गरि यहि पुष २८ गतेदेखि माघ १ गतेसम्म प्रतियोगिता गर्न लागिएको जानकारी दिइएको हो । मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगितामा १० वटै स्थानीयतह र आयोजकको थप एक गरी ११ वटा समूहले प्रतिष्पर्धा गर्ने समितिका संयोजक हिराबाबु स्याङ्तानले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले नगद एक लाख २५ हजार रुपैयाँ र उपविजेताले नगद ७५ हजार रुपैयाँ प्राप्त गर्ने स्याङ्तानले बताउनुभयो । लिग चरणमा खेलाइने प्रतियोगितामा विधागत खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उहाँले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्न करिब ५ लाख खर्च हुने आयोजकको अनुमान छ ।

गाउँपालिकाले चार लाख बजेट विनियोजन गरेको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । पत्रकार सम्मेलनमा रुद्र पाख्रीन स्मृती बाटिकाका संरक्षक भीम पाख्रीन, खेलकुद विकास समितिका सदस्य विक्रम लामा लगायतको उपस्थिती
रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*