मनहरी–७ रमनाटारमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु
मकवानपुरको मनहरी–७ रमनाटारमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ६ वर्षीय उमेश प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । स्थानीय राष्ट्रिय आधारभुत बिधालय रमनटारमा अध्ययनरत प्रजालाई ना ५ ख ३७८३ नम्बरको ट्रकले ठक्कर दिएको हो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।







