पूर्व स्वास्थ्य मन्त्री मथुराप्रसाद श्रेष्ठको निधन

पूर्व स्वास्थ्य मन्त्री प्रा. डा. मथुराप्रसाद श्रेष्ठको ८८ वर्षकाे उमेरमा निधन भएको छ ।
लामो समयदेखि दम र छातीकाे सङ्क्रमणको उपचार गराइरहनुभएका श्रेष्ठको आज बिहान अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हाे । उहाँ मानवअधिकार क्षेत्रका अगुवा हुनुहुन्थ्याे ।
वामपन्थी बुद्धिजीवी श्रेष्ठले चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाउनुभएको थियो । २०४६ सालमा प्रजातन्त्रको पुनर्बहाली भएपछि बनेको सरकारमा उहाँ नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री हुनुहुन्थ्यो ।
उहाँको मङ्गलवार भाेलि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने उहाँका छोरा डा. जया श्रेष्ठले जानकारी दिनुभयाे । साभारः उज्यालो अनलाइन ।