बागमती प्रदेशका कृषि मन्त्री पोखरेलको ४४ बुंदे प्रतिबद्धता सार्वजनिक

बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्री केशव पोखरेलले ४४ बुंदे प्रतिबद्ध पत्र सार्वजनिक गर्नुभएको छ ।
जुधेर होइन जुटेर कृषिमा देखिएको समस्या समाधान गरौं, आत्मनिर्भर कृषि समृद्ध प्रदेशको लक्ष्यलाई समकार पारौं भन्ने लक्ष्यका ४४ बुद्धे प्रतिबद्धता तयार पारिएको कृषि मन्त्री पोखरेलले बताउनुभयो ।
हेटौंडामा पत्रकार सम्मेलन गरि आफ्नो कार्यकालमा सम्पादन गर्न सकिने कार्यहरु, नीति तथा कानून तर्जुमाका बारेमा जानकारी दिनुभएको हो । कृषि मन्त्री पोखरेलले अनुसन्धान र प्रविधि प्रसार, उत्पादन उत्पादकत्व वृद्धि र बजारीकरण, भूमि व्यवस्थापन, क्षमता अभिवृद्धि, समन्वय र सहकार्य,सुशासन प्रवर्द्धन, अनुगमन र मुल्यांकन बारे योजना सार्वजनिक गर्नुभएको हो ।
कृषि क्षेत्रमा रोजगारी अवसर सुनिश्चितता गर्ने, कृषि उद्योगलाई प्रोत्साहन गर्ने, हाल भईरहेको उत्पादनलाई ५ वर्ष भित्रमा दोब्र गर्ने,अत्म निर्भर कृषि र सबृद्धि प्रदेशको परिकल्पना साकार पार्ने मन्त्रालयको लक्ष्य छ ।
प्रदेशमा रसायनिक मल कारखाना स्थापना, प्रदेश पोल्ट्री विकास वोर्ड गठन, किसान परिचयपत्र वितरण लगायतका योजना कृषि मन्त्रीको छ । मन्त्रालयले लिएको लक्ष्य, प्रतिबद्धदा सफ बनाउन प्रभावकारी कर्यान्वयनका लागि सहयोग गर्न सम्बद्ध सबैमा मन्त्री पोखरेलले अपिल समेत गर्नुभएको छ ।
४४ बुंदे प्रतिबद्धता