जुरिखेत बस दुर्घटनामा मृतकको संख्या ७ पुग्यो, २४ घाइते (नाम सहित)

छहारी संवाददाता
अशोज ६, २०७९

मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरिखेतमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । ६ जनाको घटनास्थलमै र एक जनाको स्थानिय स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेहरुमा भारत सितामणी बस्ने बर्ष ३८ वर्षीय पप्पु चौधरी, भारत दिल्ली बस्ने बर्ष–२७ को सारु खान,सिमरा उमनपा–१२ बस्ने बर्ष २७ को तैया अन्सारी, वीरगञ्ज–२४ बस्ने बर्ष ३० को सायल मिया अन्सरी, भारत मोतिहारी बस्ने बर्ष–१५ का सोयल अलि,रौतहट लक्ष्मीनगर–२ बस्ने बर्ष–३० को महमद समिम, कलैया–१२ बन्दिपुर बस्ने बर्ष २६ को छोटेलाल पासवान, जगनाथपुर बस्ने बर्ष–३५ की आरिसा खातुन, वीरगञ्ज–२४ बस्ने बर्ष–२७ को सईफुला खातुन, सिमरा उमनपा–३ बस्ने बर्ष २७ की पार्वती चौधरी, भारत मोतिहारी बस्ने बर्ष ३२ को राजकुमार सहनी, सिमरा उमनपा–३ बस्ने बर्ष–२ की सुदिक्षा चौधरी, बीरगञ्ज–२४ रामगढ बस्ने बर्ष २३ को निरुला अन्सारी, करैयामाई–५ बस्ने बर्ष २३ को धर्मेन्द्रप्रसाद सापकोटा, वीरगञ्ज–२४ बस्ने बर्ष–२३ को निरज ठाकुर, वीरगञ्ज–२४ बस्ने बर्ष–२४ को आलम देवन, वीरगञ्ज–२४ बस्ने बर्ष–२५ को मौसम अन्सारी, दिल्ली बस्ने बर्ष–३८ को गोपाल कुमार, रौतहट लक्ष्मिनिया–२ बस्ने बर्ष–३० को महमद समिम, वीरगञ्ज–२४ बस्ने बर्ष–१७ को आदित्य चौधरी, मोतिहारी बस्ने बर्ष–२१ को धिरज ठाकुर, सहचालक धुलीखेल–११ बस्ने बर्ष ३८ को हरि भुजेल ,बारा मुसहर्बा–३ बस्ने बर्ष–३० को मुस्तुजा खान, बकैया–४ छतिवन बस्ने बर्ष–१९ कि संगिता तामाङ र बर्ष–२ की बिपना तामाङ, रहेका छन् ।

घाइते मध्य ३ जनालाई थप उपचारका लागि भरतपुर रिफर गरिएको छ । बाँकीको हेटौंडा अस्पतालमा उपचार भैरहेको छ ।काठमाडौंबाट हेटौंडा आउँदै गरेको बा ३ ख ७८५८ नम्बरको बस जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार बस करिब ६० मिटर तल खसेर काठमाडौं जाँदै गरेको मधेस प्रदेश–०३–००१ ज ०२७१ नम्बरको सुमोमा ठोक्किएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*