मकवानपुरमा आजदेखि उपमेयर कप भलिबल प्रतियोगिता हुँदै

प्रतियोगिता हेटौंडा–४, हुप्राचौरमा सञ्चालन हुने
छहारी संवाददाता
६ आश्विन २०७९, बिहीबार ०८:३१

मकवानपुरमा आजदेखि उपमेयर कप भलिबल प्रतियोगिता हुँदैछ ।

केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुरको आयोजनामा दुबै प्रतियोगिता हुन लागेको हो । चौंथो संस्करणको उपमेयर कप भलिबल प्रतियोगितामा ९ महिला टिम र १२ पुरुष टिम गरि २१ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले ५० हजार, उपविजेता टिमले २५ हजार रुपैयाँ नगद, शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टले जानकारी दिनुभयो । प्रतियोगिता हेटौंडा–४, हुप्राचौरमा असोज ९ गते सम्म सञ्चालन हुनेछ ।

यसैगरी प्रतिष्ठानकै आयोजनामा असोज १० गतेबाट जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता हुनेछ । दोस्रो संस्करणको प्रतियोगितामा १० टिमको सहभागिता रहनेछ । विजेताले ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताका संयोजक ईन्द्रप्रसाद सञ्जेलले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*