‘सफा हेटौंडा अभियान’ उपमहानगरका सबै वडाहरुमा सञ्चालन

छहारी संवाददाता
साउन १४, २०७९

गत साताबाट सुरु भएको सफा हेटौंडा अभियान उपमहानगरपालिकाका सबै वडाहरुमा सुरु भएको छ ।

सुन्दर र हरीत शहरको रुममा चर्चामा रहेको हेटौंडालाई थप आक्रषक बनाउँन थालिएको ‘सफा हेटौंडा अभियान’ लाई उपमहानगरका सबै वडाहरुमा सञ्चालन गरीएको हो । बजार क्षेत्रमा रहेको सुन्दरतालाई नगर भरी लैजाने उद्देश्य अनुसार अभियानलाई वडा तहमै लगिएको हेटौंडा उपमहानगरका प्रमुख मिनाकुमारी लामाले बताइन् ।

अभियान अनुसार हेटौंडा १ र ११ को सिमाना बुद्ध पाक देखि भैरवडाँडा जाने सडक छेउमा बृक्षारोपण गरिएएको थियो । गुलमोहर सहित बिभिन्न प्रजातीमा आक्रषक फुलका बिरुवा भैरवडाँडा जाने सडकको दुबै तर्फ करिब १५० बिरुवा नगर प्रमुख लामा, वडा अध्यक्ष सबिन न्यौपाने, पुर्व नगरप्रमुख हरीबहादुर महतले बिरुवा रोपेका थिए ।

अभियानमा राजमार्ग छेउमै रहेको बुद्धपार्क आसपासमा सफा अव्यवस्थित ढंगबाट फ्याकिएका बिभिन्न प्रकारका फोहर संकलन गर्ने र अनावश्यक झारपातलाई पन्छाउने काम गरिएको थियो । हेटौंडा उपमहानगरको आयोजना र टोलबिकास सस्था नगर समन्वय समितिको समन्वयमा हेटौंडालाइ थप सुन्दर बनाउँने अभियानलाई वडाबाट टोल सम्म पु¥याउने गरी काम थालिएको उपमहानगपालिका कार्यालयले जनाएको छ ।

अभियानमा हेटौंडा उपमहानगर प्रमुख लामा सहित वडातहमा वडाअध्यक्षहरु सहित टोल बिकास सस्थाका पदाधिकारी र जनसमुदायको सहभागिता रहेको थियो । अभियानमा सहभागिताको लागि स्वत स्र्फुत रुपमा हेटौंडावासी सहभागि देखिएको थियो । सुन्दर हेटौंडा निर्माणको अभियानलाई उपमहानगरका १९ वडामा रहेको ३५० टोलबिकास सस्था मार्फछ कार्यान्वयनमा लग्ने तयारी रहेको छ ।

हेटौंडा–४ हुप्राचौरबाट सुरु भएको सफाई अभियान नगरका सबैवडाहरुमा अध्यक्षको नेतृत्व र टोलबिकास सस्थाको सक्रियतामा हप्ताको २ घण्टा श्रमदान जुटाउने निर्णय उपमहानगरले गरेको छ । अभियानमा अनिवार्य भन्दा पनि स्वस्र्फुत सहभागिताको अपेक्षा उपमहानगरले गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*