पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु, ७१० संक्रमित थपिए

छहारी संवाददाता
१२ श्रावण २०७९, बिहीबार १७:०८

नेपालमा पछिल्लो समय कोरोना संक्रमित बढ्नुकासाथै मृतकको संख्या पनि बृद्धि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाछट २ जनाको मृत्यु भएसंगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा पाँच हजार २५ जनाको नमुना परीक्षण गर्दा ७१० जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएकासंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ हजार २ सय ३६ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यही अवधिमा २१५ जना संक्रमणमुक्त भएका छन् । २४ घण्टामा ५९ हजार चार सय ७१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*