मनहरीमा ट्रकले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु

मकवानपुरको मनहरीमा ट्रकले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ । आइतबार राति हेटौडाबाट चितवन जादै गरेको बागमती प्रदेश ०१-००६ ख ३६४० नम्बरको ट्रकले हेटौंडा आउदै गरेको ना २३ प ७०६२ नम्बरको मोटरसाइकललाई मनहरी,७ बिजौनामा ठक्कर दिएको हो । गम्भिर घाइते मोटरसाइकल चालक ४१ वर्षका ओम प्रकाश गिरीको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।