लागुऔषध गाँजा र ट्रकसहित मकवानपुरका दुई जना पक्राउ

रौतहट । प्रहरीले लागुऔषध गाँजा र ट्रकसहित दुई जनालाई रौतहटबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्रकका चालक मकवानपुरको थाहा नगरपालिका–१२ बस्ने २५ वर्षिय सुरेन्द्र गोले र सोही स्थान बस्ने १९ वर्षिय रित्तम तामाङ रहेका छन् ।
आज बिहान विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गौर नगरपालिका–४ गढवा टोल स्थित शिवाङगी पेट्रोल पम्म अगाडीबाट उनीहरुलाई पक्राउ गरेको हो ।
गौर–चपुर सडक खण्डमा रोकी राखेको ना.६ ख–५९४३ नम्बरको आईचर ट्रक चेकजाँच गर्ने क्रममा सो ट्रकको चेचिसको भागमा फल्स बटम बनाई लुकाएर राखिएको १८६ किलो लागुऔषध गाँजा प्रहरीले फेला पारेको हो । प्रहरीले उक्त गाँजा र ट्रकसहित उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जानकारी दिएको छ ।