टी–२० विश्व कप क्रिकेट : न्युजिल्यान्डकाे सानदार जित, भारत ८ विकेटले पराजित

छहारी संवाददाता
१५ कार्तिक २०७८, सोमबार ०९:४१

आईसीसी टी–२० विश्वकप क्रिकेटमा न्युजिल्यान्डले सानदार जित निकालेको छ ।

दुबईमा गएराति भएको खेलमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले पराजित गरेको हो । भारतले दिएको १ सय ११ रनको लक्ष्य न्युजिल्यान्डले १४ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो ।

न्युजिल्यान्डका लागि डार्य्ल मिचेलले सर्वाधिक ४९ रनको योगदान दिए भने कप्तान केन विलियम्सनले अविजित ३३ रन बनाए । यस्तै,  मार्टिन गुप्टीले २० रन जोडे । भारतका जस्प्रित बुम्राहले २ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय १० रन बनाएको थियो ।

भारतका लागि रविन्द्र जडेजाले सर्वाधिक २६ रन बनाए भने हार्दिक पाड्याले २३ रन,  केएल राहुलले १८  तथा रोहित शर्माले १४, रिसब पन्तले १२ रन र कप्तान विराट कोहली ९ रन बनाए । भारतलाई सस्तैमा समेट्न न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ३ विकेट लिए भने  इस सोधीले २ तथा टिम साउथी र आदम मिल्नेले १/१ विकेट लिए ।

जितसँगै समूह २ को न्युजिल्यान्डले २ खेलमा २ अङ्क जोडेको छ । जितसँगे दुई अङ्क जोडेको न्युजिल्यान्ड समूहको तेस्रो स्थानमा रहेको छ । अहिलेसम्म दुई खेलमा दुवैमा हार बेहोरेको भारतले भने कुनै पनि अङ्क जोड्न सकेको छैन। भारत पाँचौँ स्थानमा छ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*