हिरासतबाट रिहा हुँदै गरेका छोरा लिन हिँडे शाहरुख खान

छहारी संवाददाता
१३ कार्तिक २०७८, शनिबार १०:३०

झण्डै ४ सातापछि बलिउडका सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान मुम्बईकाे हिरासतबाट रिहा हुँदैछन्। उनलाई केहीबेरमा जेलमुक्त गर्न लागिएको छ।

बिहीबार २३ वर्षका आर्यन खानलाई मुम्बई उच्च अदालतले जमानत थियो। एक क्रुजमा भएको ड्रग्स मुद्दामा हिरासतमा रहेका आर्यन खानलाई शुक्रबारकाे रातसम्म हिरासतमा बिताउन पर्ने थियो।

समाचार संस्था पिटिआईका अनुसार आर्यन शनिबार १० बजेसम्म जेल बाहिर निस्किसक्नेछन्। जमानतसँग जोडिएको कागजपत्र सम्बन्धी कामहरु समयमा नै नहुँदा आर्यनको रिहाईमा ढिला भएको थियो। शुक्रबार साँझ साँढे ५ बजेसम्म आर्यन खानका वकिलले रिहाइको कागजपत्र लिन नपाएको कारण आर्यन खान शनिबार रिहाई हुँदै छन्।

 

छोरा रिहाई हुने भएपछि साहरुख खान उनलाई लिन घरबाट हिँडिसकेका छन्। उनको घर मन्नतबाट आर्थर सडक जेलतर्फ उनी निस्किसकेका छन्।

आर्यन खानका तर्फबाट मुकुल रोहतगीले मुद्दा लडेका थिए। रोहतगी मोदी सरकारको समयमा न्यायाधिवक्ताका रुपमा काम गरेका वकिल हुन्। जुही चावलाले एक लाख रुपैयाँको ‘बेल ब्राण्ड’ मा हस्ताक्षर गरेकी थिइन्। जुही शाहरुख खानको सुरुवाती चलचित्रकी सह कलाकार हुन्।

आर्यन खानलाई नार्कोटिक्स कन्ट्रोल व्यूरो अर्थात एनसिबीले २ अक्टोबरमा एक क्रुज शिपमा भईरहेको पार्टीबाट गिरफ्तार गरेका थिए। यो घटनामा आर्यन सहित अन्य २० जनालाई नियन्त्रणमा लिइएको थियो।

यो मुद्दामा आर्यन मुख्य अभियुक्त हुन्। एनसिबीले आर्यन खानको साथबाट ड्रग्स बरामत गरेको थिएन भने आर्यन खानले ड्रग्स सेवन गरेको पनि अनुसन्धानमा पत्ता लागेको थिएन। तर उनको ह्वाट्सएप च्याटले उनी ड्रग्स तस्करीको हिस्सा रहेको जनाएको थियो। साभारः देशसञ्चार डटकम ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*