लागुऔषधसहित २ जना पक्राउ

छहारी संवाददाता
२० आश्विन २०७८, बुधबार २१:५७

पर्सा । वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट लागुऔषधसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका-८ मनमैँजु बस्ने २६ वर्षिय रविन्द्र खत्री र मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१६ बस्ने १९ वर्षिय राकेश गुरुङ रहेका छन् ।

प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले शंकितरूपमा पैदल हिँडिरहेका उनीहरुलाई शंका लागेर चेकजाँच गरेको थियो । सोही क्रममा उनीहरुको पाइन्टको गोजीबाट डाईजेपाम, नुर्फिन १०० एम्पुल र फेनार्गन गरि ३ सय एम्पुल फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई सो लागुऔषधसहित नियन्त्रणमा लिई लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*