आईपीएल क्रिकेटमा आज राती दिल्ली र हैदराबाद खेल्दै

छहारी संवाददाता
६ आश्विन २०७८, बुधबार १३:१०

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज राती दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेल्दैछन् ।

खेल नेपाली समय अनुसार राती पौने ८ बजेदेखि दुबईमा शुरु हुनेछ । अंकतालिकामा दिल्ली दोस्रो स्थानमा र हैदराबाद पुछारमा छ । दिल्लीले ८ खेलमा ६ मा जित र २ मा हार बेहोरेको छ । उसको १२ अंक छ ।

समान अंक रहेको चेन्नई नेट रन रेटका आधारमा शीर्ष स्थानमा छ । हैदराबाद ७ खेलमा २ अंक जोड्दै पुछारमा छ । यसअघि गएराति भएको खेलमा राजस्थान रोयलले पन्जाब किङ्सलाई दुई रनले हराएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*