मकवानपुरगढीको इच्चुङ र वखरडाँडा जोड्ने झोलुङ्गे पुलको उद्घाटन

छहारी संवाददाता
६ श्रावण २०७८, बुधबार १८:४७

मकवानपुरगढी गाउँपालिका वडा नम्बर–८ इच्चुङ र वखरडाँडा जोड्ने झोलुङ्गे पुलको आज उद्घाटन गरिएको छ ।

एक करोड रुपैयाँ लागतमा निर्मित उक्त पुलको बागमती प्रदेशसभा सदस्य कुमारी मोक्तानले उद्घाटन् गर्नुभएको हो । झोलुङ्गे पुल निर्माण भएपछी स्थानीयलाई धेरै सहज भएको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाँईले बताउनुभयो ।

मकवानपुरगढी गाउँपालिकामा सडक निर्माण, पक्की पुल निर्माणसंगै झोलुङ्गे पुल निर्माणको कामले पनि तिब्रता पाएको अध्यक्ष हुमागाईले बताउनुभयो । वर्षायामको समयमा दुइवटा गाउँ ओहोर दोहोर गर्नका लागि निकै समस्या भएपनि झोलुङ्गे पुल निर्माण पछी सहज भएको भन्दै स्थानीय खुसी भएका छन् ।

यस झोलुङ्गे पुलको निर्माणले ओखरडाडा बासी जनसमुदायलाई तरकारी लगायत कृषि उपज बजार पुर्याउन अब एक घण्टाको बाटो कम समेत भएको स्थानीय वासिन्दाहरुले वताएका छन् ।

कार्यक्रममा भिमफेदी गाउँपालिका वडा नम्बर–३ का वडाध्यक्ष प्रितिलाल लामा, समाजसेवी मेम्बर लामा, मकवानपुरगढी गापाको प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनी, स्वास्थ्य प्रमुख ध्रुव लामिछाने सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता मकवानपुरगढी ८ नम्बर वडाध्यक्ष कुमार सिंह घिसिङकले गर्नु भएको थियोे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*