यसवर्ष मकवानपुरबाट रोजगारीका लागि विदेशीने पुरुष भन्दा महिलाको संख्या बढ्दो

छहारी संवाददाता
असार १९, २०८२

मकवानपुरबाट चालू आर्थिक वर्ष २०८१/०८२ मा वैदेशिक रोजगारीका लागि जानेको संख्या पुरुषको तुलनामा महिलाको धेरै रहेको एक तथ्यांकले देखएको छ ।

सुरक्षित आप्रवासन परियोजना ९सामी० मकवानपुरले विहिबार सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गरी यस्तो तथ्यांक देखएको हो ।

कार्यक्रममा तथ्यांक प्रस्तुत गर्दै सामी परियोजना मकवानपुरकी संयोजक अञ्जिता थापा मगरले चालू आर्थिक वर्षको चैत सम्ममा मकवानपुरबाट ३ हजारको संख्यामा महिला वैदेशिक रोजगारीको लागि गएको जानकारी दिनुभयो । यद्यपी चालू आर्थिक वर्षको चैत सम्ममा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने पुरुष ८ हजार २ सय ५७ छन् ।

तथ्याकंमा विदेशीने पुरुषको तुलनामा महिलाको संख्या कम देखिएपनि गत वर्षको भन्दा यो वर्ष बढ्दो रहेको सामी परियोजना मकवानपुरले जनाएको छ । सामी परियोजनाका अनुसार जिल्लाबाट यसवर्ष चैत मसान्तसम्ममा ११ हजार २ सय ५७ जनाले श्रम स्वीकृति लिएर विदेशिएका छन् ।

सामी परियोजनाले मुख्यतया सुचनामा पहुँच, न्यायमा पहुँच, सीप विकास तालिम, मनोसामाजिक परामर्श, वित्तीय र वित्तीय साक्षरता लगायतका क्षेत्रमा सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

चालू आर्थिक वर्षमा सामी स्रोत केन्द्रमा १ सय ३३ वटा वैदेशिक घटनाहरु प्राप्त भएको र त्यसमध्ये ४७ वटा घटनालाई समाधान गर्न सामी परियोजना सफल भएको संयोजक मगरले जानकारी दिनुभयो ।

चालू आवमा सामी परियोजनामा ५३ वटा ठगीका घटनाहरु आएको र जिल्ला प्रशासन कार्यालय मकवानपुरसहित वैदेशिक रोजगार विभाग कार्यालयको सहजिकरणमा ३२ वटा घटना समाधान गरिएको छ । जसमा पीडित पक्षको पन्ध्र लाख ८ हजार नगद रुपैँया उठेको संयोजक मगरले बताउनुभयो ।

संयोजक मगरका अनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि गएका श्रमिकको मृत्यु भएको खण्डमा उक्त श्रमिकको परिवारलाई वैदेशिक रोजगार बोर्डले १० लाख रुपैँया उपलब्ध गराउँदै आएको छ भने श्रमिक दुर्घटनामा परी अंगभंग भएमा वा विरामी परेमा ७ लाख रुपैँया उपलब्ध गराउँदै आएको छ ।

वैदेशिक रोजगारीका लागि विशेषत सयुक्त अरब इमिरेट्स, साउदी अरेविया, कतार, मलेसिया, कुवेत, क्रोयसिया, रोमानीया, जापान, कोरिया र बहराईनका लागि विदेशिने गरेको पाइएको बताइएको छ ।

अभिमुखीकरण कार्यक्रममा सामी परियोजनाका फोकल पर्सन भीम प्रसाद तिमल्सिनाले वैदेशिक रोजगारीका लागि जानेहरुले विभिन्न चुनौतीहरु खेप्नुपरेको उल्लेख गर्नुभयो ।

वैदेशिक रोजगारीमा जाने अधिकांश कामदारहरु अर्धदक्ष र अदक्ष हुँदा नेपाली कामदारहरुले जोखिमपूर्ण कार्य गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

वैदेशिक यात्रामा जानेहरु ठगी तथा उलपत्र पर्नु, रोजगारीबाट प्राप्त विप्रेषणको उत्पादनमुलक, आयमुलक क्षेत्रमा परिचालन गर्न नसक्नु, रोजगारीमा गएका महिलाहरुलाई सुरक्षाको जोखिम हुनु, साथै मानसिक चिन्ता, डिप्रेसन र आत्महत्याको घटनामा वृद्धि हुने जस्ता चुनौतीहरु देखापरेको उहाँले बताउनुभयो ।

मकवानपुरमा हाल ६ जना मनोपरामर्शकर्ता मार्फत मनोपरामर्श दिने कार्य भइरहेको छ । यसवर्ष मकवानपुरमा ७४ जना महिला र १३ जना पुरुष गरी ७४ जनालाई मनोपरामर्श दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*