पर्सामा अवैध चाँदीको गरगहनासहित एक जना पक्राउ

छहारी संवाददाता
साउन ६, २०७८

पर्सा । अवैध चाँदीका गरगहनासहित पर्सामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको राजविराज उपमहानगरपालिका–२ मेघरा घर भई हाल चितवनको खैरेनी नगरपालिका–२ बस्ने श्रीया ज्वेलर्सका संचालक ४३ वर्षियअंगत साह रहेका छन् ।

भारतबाट अवैध रूपमा चाँदीका गरगहानाहरु ल्याउँदै गरेको सूचनाको आधारमा प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले उनलाई आज बिहान पक्राउ गरेको हो । वीरगंज महानगरपालिका–१६ स्थित शंकराचार्य गेटमा शंकास्पदरूपमा पैदल हिँडिरहेका साहको ब्याग खानतलासी गर्दा ५ के.जी.३३४ ग्रामको तयारी गरगहनाहरु फेला परेको प्रहरीले जनाएको छ ।

उक्त चाँदीसहित उनलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*