८१ किलो गाँजासहित मकवानपुरका एक जना पक्राउ

मकवानपुर । प्रहरीले लागुऔषध गाँजा र ट्रकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–४ बस्ने ४२ वर्षिय बाबुराम नेगी रहेका छन् ।
आज बिहान ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलिले उनलाई मनहरी गाउँपालिका–८ सिमपानी स्थित पूर्व–पश्चिम लोकमार्ग सडक खण्डबाट पक्राउ गरेको हो ।
शंकास्पद रुपमा रोकी राखेको ना ८ ख ८२८४ नम्बरको ट्रकलाई चेकजाँच गर्दा ८१ किलो ३५० ग्राम लागुऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
गाँजासहित पक्राउ परेका नेगीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।