सर्पको टोकाईबाट बारामा एक जनाको ज्यान गयो
छहारी संवाददाता
साउन ६, २०७८
बारा । सर्पको टोकाईबाट बारामा एक जनाको ज्यान गएको छ । सर्पको टोकाईबाट साढे ३ वर्षिय सुजित कडेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।
बाग्लुङ् घर भएका उनी जितपुर सिमरा उपमहानगरपालिका–१४ रजघट्टास्थित मामाको घर आएका थिए ।
हिजो साँझ घरमै खेलिरहेका उनलाई सर्पले टोकेपछि उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल बिरजंगमा लागिएको थियो ।
उनको उपचार कै क्रममा गएराती मृत्यु भएको प्रवक्ता मिश्रले जानकारी दिए ।







