मोटरसाइकल दुर्घटनामा मकवानपुरका २ जना घाईते

छहारी संवाददाता
साउन ५, २०७८

बारा । जितपुर सिमरा उपमहानगरपालिका-१ पुर्व पश्चिम लोक राजमार्गमा मोटरसाइकल दुर्घटना हुँँदा २ जना घाईते भएका छन् । घाइते हुनेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-३ बसामाडी बस्ने ४२ वर्षिय केदार वि.क. र उनकी श्रीमती ३० वर्षिय कौशल्या वि.क. रहेका छन् ।

गएराती हेटौडा बाट निजगढ तर्फ जादै गरेको बा.३६प.२१९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई राजेश्वर घाटमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।

मोटरसाइकल चालक केदारको टाउकोमा चोट लागेको छ भने कौशल्याको टाउको, हात र खुट्टामा चोट लागेको छ ।

उनीहरुको सिमरा स्थित अल्पाईन अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल प्रदेश.२ न. ट्राफिक प्रहरी कार्यालय, पथलैयाको नियन्त्रणमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*