रौतहटमा सिक्सर पेस्तोलसहित तीन जना भारतीय पक्राउ

छहारी संवाददाता
साउन ४, २०७८

रौतहट । प्रहरीले अवैध हतियारसहित तीन जना भारतीय नागरिकलाई रौहतटबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको विहार राज्य मोतिहारी जिल्ला ग्राम पंचायत बिजवनी वडा नं.२ बस्ने २२ वर्षिय देवेन्द्र कुमार यादव, सोही स्थान बस्ने २९ वर्षिय सुधिर कुमार यादव र २४ वर्षिय संदिप कुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।

हिजो दिउँसो जिल्लाको मौलापुर नगरपालिका–५ स्थित मौलापुरदेखि कलैया जाने सडक खण्डबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

सवारी साधन तथा पैदल आवत जावत गर्ने व्यक्तिहरुलाई चेकजाँच गर्ने क्रममा बीआर ०५ एपी ४०१६ नम्बरको भारतीय मोटरसाईकललाई रोकेर चेकजाँच गर्दा उनीहरुको साथबाट १ थान सिक्सर पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।

उक्त हतियारसहित उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमरीयाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*