एयर गनसहित एक जना पक्राउ
पर्सा । अवैध हतियारसहित पर्साका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–५ महुवन बस्ने ६० वर्षिय रामबाबु प्रसाद कलवार छन् ।
कलवारले आफ्नो घरभित्र अवैध हतियार लुकाई छिपाई राखेको छ भन्ने विशेष सुचनाको आधारमा आज बिहान प्रहरी चौकी महुवनबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीले कलवारको घरको तलासी गर्ने क्रममा १ थान एयर गन फेला परेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
हतियारसहित पक्राउ परेका कलवारलाई ईलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ । उनीमाथि हातहतियारसम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।







