पर्सामा एक वर्षमा १ हजार १७३ वटा अपराधका घटना दर्ता

छहारी संवाददाता
साउन ४, २०७८

पर्सा । गत आर्थिक वर्षमा पर्सामा १ हजार १७३ वटा अपराधका घटना दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा सो संख्यामा अपराधका घटना दर्ता भएको जानकारी दिएको हो ।

दर्ता भएका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १ हजार ११३ जना अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

पक्राउ परेकामध्ये २० महिलासहित १ हजार ९२ जना नेपाली नागरिक र १ महिलासहित ७४ जना विदेशी नागरिक रहेको समेत उनले जानकारी दिए । अझै ६९४ पुरुष तथा ४० महिला नेपाली नागरिक र १३ जना विदेशी नागरिक फरार रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको खोजी कार्य भईरहेको प्रवक्ता खनालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*