पर्सामा गत आर्थिक वर्षमा ४२ वटा बलात्कारका घटना

छहारी संवाददाता
साउन ४, २०७८

पर्सा । गत आर्थिक गत आर्थिक वर्षमा ४२ वटा बलात्कारका घटना भएका छन् । जिल्लामा एक वर्षको अवधिमा सो संख्यामा बलात्कारका घटना भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पसाृ प्रहरीले दिएको तथ्यांक अनुसार जबर्जस्ती करणीपछि ज्यान मार्ने उद्योग र अपहरण तथा जबर्जस्ती करणीका २/२ वटा मुद्दा दर्ता भएका छन् । यस्तै, करणी उद्योग र बाल यौन दुरुपयोगका ७/७ वटा घटना दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जिल्लामा अप्राकृतिक मैथुनको पनि एउटा घटनाको मुद्दा दर्ता भएको समेत जानकारी दिए ।

मुलुकी अपराध संहिताको परिच्छेद १८, दफा २१९ र उपदफा २ मा १८ वर्ष भन्दा कम उमेरको बालिकासँग मञ्जुरीमै करणी गरे पनि जबर्जस्ती करणी भएको मानिने उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*