बालिकालाई जबरजस्ती करणी गर्ने पर्साका एक जना पक्राउ
पर्सा । १३ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पर्साका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको ठोरी गाउँपालिका–५ सुवर्णपुर बस्ने ४८ वर्षिय सुनिलकुमार परियार रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
शारीरिक र मानसिक व्यवहारमा अस्वाभाविक परिवर्तन आएकी ती बालिकालाई अभिभावकले सोधपुछ गर्दा असार २८ गते दिउँसो परियारले जबरजस्ती करणी गरेको बताएकी थिईन् ।
आफ्ना नाबालक छोराहरूसँग बालिका खेल्न गएको मौका छोपी परियारले आफू बस्ने गरेको घरको कोठाभित्र लगेर जबरजस्ती गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । पीडित बालिकाको अभिभावकले दिएको जाहेरीको आधारमा परियारलाई साउन १ गते साँझ नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।
उनीमाथि जबरजस्ती करणी सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको प्रवक्ता खनालले जानकारी दिए ।







