म्यानमारमा सैन्य ‘कु’ विरुद्धको आन्दोलनमा ७५ जना बालबालिका मारिए : संयुक्त राष्ट्रसङ्घ

छहारी संवाददाता
२ श्रावण २०७८, शनिबार १३:१४

संयुक्त राष्ट्र सङ्घले म्यानमारमा भएको आन्दोलनका क्रममा ७५ जना बालबालिका मारिएको जनाएको छ । गएको फेब्रुअरीदेखि म्यानमारमा सैनिक शासनविरुद्ध भएको आन्दोलनका क्रममा ती बालबालिका मारिएका राष्ट्र सङ्घीय बाल अधिकार समितिलाई उदृत गर्दै समाचार संस्था अल्जजिराले जनाएको छ ।

एक प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र सङ्घले म्यानमारमा जननिर्वाचित सरकार अपदस्थ गरेर सेनाले सत्ता हातमा लिएसँगै भएको आन्दोलनका क्रममा एक सयभन्दा बढी बालबालिका सुरक्षाकर्मीले हिरासतमा लिएको पनि जनाएको छ सैनिकको कुटपिटका कारण धेरै बालबालिका मारिएका प्रतिवेदनमा दाबी गरिएको छ ।

सैनिक कारबाहीका क्रममा देशभरका स्वास्थ्य संस्था, विद्यालय र अन्य सरकारी संरचनाहरुमा ठूलो क्षति भएको प्रतिवेदनमा भनिएको छ । सेनाले अझै पनि बालबालिकालाई झुटा मुद्दा लगाएर पक्राउ गर्ने क्रम नरोकिएको प्रतिवेदनले औँल्याएको छ ।

लामो समयको आन्दोलनका कारण म्यानमारमा आउने दिनमा ४० हजारभन्दा धेरै बालबालिका कुपोषणको सिकार हुने पनि राष्ट्र सङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*