इन्द्रसरोवरमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

छहारी संवाददाता
बैशाख ३१, २०७८

मन्जरी बलामी\इन्द्रसरोवर

शुक्रबार मात्रै इन्द्रसरोवरमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य शाखा इन्द्रसरोवरको सक्रियतामा वडा नं १ र २ मा गरी १६ जनामा गरिएको परिक्षणमा १० जनामा संक्रमण पुष्टि भएको इन्द्रसरोवरका सूचना अधिकारी दिपक चापागाईले जानकारी दिनुभयो ।

शुक्रबार गरिएको परिक्षणमा इन्द्रसरोवर गाउँपालिका १, मार्खुमा ५१ र ५० वर्षीय महिलामा र ३७, ५२, ३८, ३५, १३ र २९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ भने वडा नं। २ कुलेखानीमा ४० र ५१ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको स्वास्थ्य शाखाका इन्द्रसरोवरका स्टाफ नर्स सरिता कार्कीले जानकारी दिनुभयो ।

मार्खुमा १३ जनामा गरिएको एन्टिजेन परिक्षणमा ८ जनामा कोरोना पुष्टि भएको हो भने ५ जनामा नेगेटिभ देखिएको हो यस्तै कुलेखानीमा ३ जनामा गरिएको परिक्षणमा २ जनामा पोजिटिभ देखिएको हो भने १ जनामा नेगेटिभ देखिएको छ । आज इन्द्रसरोवरमा पोजिटिभ देखिनेमा इन्द्रसरोवरका ८ जना, थाहा १० का १ जना र भिमफेदीका १ जना रहेका छन् ।

यसका साथै इन्द्रसरोवरमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १४ जना पुगेको छ । इन्द्रसरोवरका स्वास्थ्य प्रमुख मन्नुनाथ अधिकारीले दिएको जानकारी अनुसार आजसम्म इन्द्रसरोवरमा २७ जनामा कोरोना भाइरस ९कोभिड १९० को एन्टिजेन परिक्षण गरिएको छ । इन्द्रसरोवरमा कोरोना भाइरसको संक्रमण दर तिब्ररुपमा बढ्दै गएकाले उच्च सतर्कता अपनाउदै जेठ १ गते शनिवार देखि गाउँपालिकाको प्रत्येक वडामा कोरोना सम्बन्धि सचेतनाको लागि माइकिङ गर्ने योजना रहेको स्वास्थ्य प्रमुख अधिकारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*