सर्वोच्चको रिक्त दुई न्यायाधीशमा चुडाल र सुवेदी सिफारिस

छहारी संवाददाता
फाल्गुन २८, २०७७

प्रधानन्यायाधीशको रोलक्रममा पर्ने गरी सर्वोच्च अदालतको न्यायाधीशमा नहकुल सुवेदी सिफारिस हुनु भएको छ । न्याय परिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्चमा रिक्त दुई न्यायाधीशमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश डा. कुमार चुडाल र उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई सिफारिस गरेको छ ।

उहाँहरु उच्च अदालतका मुख्य न्यायाधीशमध्ये क्रमशः पहिलो र दोस्रो वरियताका हुनुहुन्थ्यो । उहाँहरुले नियुक्तिअघि संसदीय सुनुवाई प्रक्रिया पार गर्नुपर्नेछ । सर्वोच्चको न्यायाधीश नियुक्त भएमा सुवेदी प्रधानन्यायाधीश बन्ने न्यायपरिषद स्रोतलाई उद्धृत गर्दै अनलाइन खबरले लेखेको छ ।

हाल सर्वोच्चमा बहाल न्यायाधीशमध्ये अन्तिममा हरि फुयाल प्रधानन्यायाधीश हुनेछन् । कुनै उथलपुथल नभए अहिलेको रोलक्रममा हरि फुयाल २०८८ भदौ २१ गते प्रधानन्यायाधीश हुनुहुनेछ । त्यतिबेला ६१ वर्ष पुग्ने उहाँ करिब ४ वर्ष प्रधानन्यायाधीश पदमा रहनुहुनेछ ।

२०२७ असोज २० ९सन् १९७१ जुन २२० मा जन्मिएका सुवेदी, फुयालभन्दा एकवर्ष कान्छा हुनुहुन्छ । फुयालले ६५ वर्षे उमेर हदका अवकाश पाएपछि सुवेदी करिब एक वर्ष प्रधानन्यायाधीश हुने अहिलेको रोलक्रमले देखाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*