धनुषामा डिष्टिलरीका सञ्चालकको हत्या आशंकामा चारजना पक्राउ
धनुषामा डिष्टिलरी (मदिरा) इन्डस्ट्रिजका सञ्चालक कम्पनीको क्वार्टरमै शंकास्पद अवस्थामा मृत फेला परेका छन्। धनुषामाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित क्षिरेश्वर डिष्टिलरी इन्डस्ट्रिजका सञ्चालक प्रमोद रेग्मी मृत अवस्थामा फेला परेको अनलाइन खबरले लेखेको छ ।
५१ वर्षीय रेग्मीको शव रक्ताम्य अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक दिपक कुमार रायले बताए।
रेग्मीको टाउकोमा गहिरो चोट लागेको र शरीरबाट अत्यधिक रगत बगेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। रेग्मी उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं।
७ चुआरेका बासिन्दा हुन्। घटनामा संलग्न भएको आशंकामा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।







