चुनाव सम्बन्धी छलफलका लागि निर्वाचन आयोगले नेकपाका दुवै समूहलाई बोलायो

छहारी संवाददाता
माघ १५, २०७७

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुवै समूहलाई छलफलका लागि बोलाएको छ ।

ओली र प्रचण्ड–नेपाल समूहलाई छुट्टाछुट्टै पत्र लेखि चुनावसम्बन्धी छलफलका लागि आयोगले बोलाएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । छलफलका लागि शुक्रबार बिहान साढे ११ बजे बोलाइएको आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

दुवै समूहका अध्यक्ष र अध्यक्षले तोकेका चुनाव हेर्ने आधिकारिक व्यक्तिसहित पाँचरपाँच जनालाई छलफलका लागि आउन आयोगले भनेको, उज्यालो अनलाइनमा खबर छ । नेकपा विवादको सन्दर्भ र चुनावका विषयमा छलफल हुने आयोगको भनाइ छ ।

आउँदो वैशाखका लागि घोषणा भएको चुनाव प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन गर्ने समय नजिकिएकाले त्यस विषयमा छलफल गर्न लागेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । यसअघि नेकपाको दुई वटै पक्षले आफूलाई आधिकारिक दाबी गर्दै आयोगमा निवेदन दिएका थिए । निवेदनमाथि निर्णय गर्दै आयोगले दुवै पक्षको दाबी नपुग्ने निष्कर्ष निकालिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*