कोरोना अपडेटः नेपालमा पछिल्लो २४ घण्टामा थप ३ जना संक्रमितको मृत्यु

छहारी संवाददाता
माघ १४, २०७७

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार २० पुगेको छ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप २८३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ३७५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २४६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६५ हजार ६९ पुगेको छ। गत चौबीस घन्टामा ४ हजार ३ सय ८२ पीसीआर परीक्षण भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*