नेपालमा कोरोनाविरुद्धको खोप आजबाट लगाइदै

छहारी संवाददाता
माघ १४, २०७७

नेपालमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको  खोप आजबाट लगाइदैछ । बिहान १० बजे सुरु हुने खोप अभियानअन्तर्गत पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक सागर राजभण्डारीले लगाउनुहुने भएको छ। उहाँले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुकै केन्द्रमा पहिलो खोप लगाउने बुझियको छ। खोपप्रति धेरैमा आशङ्कासमेत रहेकोले खोप सुरक्षित रहेको सन्देश दिन आफूले पहिलो खोप लगाउन लागेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे काठमाण्डौको तीन वटा अस्पतालमा भर्चुअल विधिबाट एकैचोटि खोप अभियानको उद्घाटन गर्ने कार्यक्रम छ । बुधबारदेखि सुरु हुने खोप अभियानका लागि सातै प्रदेशमा खोप पुर्‍‍याइएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

विभागअन्तर्गतको खोप महाशाखाका प्रमुख डा। झलक शर्मा गौतमले चार लाख ३० हजार जनालाई खोप लगाउने तयारी रहेको बताउनुभयो । सरकारले भारतबाट अनुदानमा आएको १० लाख डोज खोप सुरुमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स तथा शववाहन चालक लगायतलाई दिने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*