राष्ट्रिय महिला लिग फुटबलः पुलिस र वालिङ तथा एपीएफ र त्रिभुवन आर्मी भिड्ने
राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछ । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा बिहान साढे ११ बजे नेपाल पुलिस क्लब र स्याङ्जाको वालिङ नगरपालिका खेल्दैछन् ।
आज पुलिस क्लब दोस्रो जितको खोजीमा हुनेछ भने वालिङ नगरपालिका पहिलो जित निकाल्न चाहन्छ । यस्तै, आजै हुने दोस्रो खेलमा दिउँसो साढे २ बजे सशस्त्र प्रहरीको एपीएफ क्लबले त्रिभुवन आर्मीसँग खेल्नेछ ।





