ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, एक घाइते

छहारी संवाददाता
माघ १३, २०७७

रुकुम पूर्वमा ट्र्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन ।

रुकुमको सिस्ने गाउँपालिका ५ रुमालबारामा ट्र्याक्टर दुर्घटना हुँदा सहचालक सोही वडाका २१ वर्षीय इन्द्रबहादुर बुढाथोकीको मृत्यु भएको हो । इन्द्रबहादुरको उपचारका क्रममा रुकुम पूर्व अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराति साढे ९ बजेतिर पाथिहाल्नबाट डोजरको बकेट बोकेर रुकुमकोटतर्फ आउँदै गएको लु ४ प ४१८५ नम्बरको ट्र्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ । दुर्घटनामा ट्र्याक्टर चालक २१ वर्षीय जीवन बुढाथोकी घाइते भएका छन् । उनलाईथप उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*