६९ औं‌ अन्तर्राष्ट्रिय भन्सार दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

छहारी संवाददाता
माघ १३, २०७७

आज ६९ औं‌ अन्तर्राष्ट्रिय भन्सार दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । हरेक वर्षको जनवरी २६ का दिन यो दिवस संसारभर मनाइन्छ ।

विश्व भन्सार संगठनको निर्णयअनुसार हरेक जनवरी २६ मा यो दिवस मनाउन थालिएको हो । दिवसको अवसरमा भन्सार विभागले आज नेपाल राष्ट्रिय एकद्वार प्रणाली सार्वजनिक गर्दै छ ।

अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउन भन्सार प्रक्रियासँग सम्बन्धित सबै निकायलाई आबद्ध गराउनेगरी नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु गर्न लागिएको विभागले जनाएको छ । साढे १ वर्षदेखि विभागले निर्माण गरिरहेको यो प्रणाली पहिलोपटक कार्यान्वयनमा आउन लागेको हो ।

विभागका अनुसार यो प्रणाली पहिलो चरणमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्वरेण्टीन केन्द्रहरुमा लागू हुनेछ । त्यसपछि यो आर्थिक वर्षमा सबै ४० वटै निकायमा यो प्रणाली कार्यान्वयनमा आउने विभागले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*