हेटौंडामा एन्फा रेफ्री प्रशिक्षण २०२१ सुरु

छहारी संवाददाता
माघ १२, २०७७

बागमती प्रदेशको राजधानी हेटौंडामा एन्फा रेफ्री प्रशिक्षण २०२१ सुरु भएको छ । सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पाले कार्यक्रमको उद्घाटन गर्दै फुटबलका खेलको विकासका लागि एन्फाले अवधारण बनाएर काम गरिरहेको बताउनुभयो ।

उहाँले खेलमा रेफ्रीको निर्णय निष्पक्ष र महत्वपूर्ण हुने बताउनुभयो । उहाँले प्रशिक्षण रेफ्रिहरुलाई फिटनेस मात्र नभई सैदान्तिक र व्यवहारिक ज्ञान समेत हुनुपर्ने भन्दै प्रशिक्षणको आवश्यकता रहेको बताउनुभयो, खबरब्रेक डटकममा समाचार छ ।

यस्तै कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक तथा पुर्व राष्ट्रिय खेलाडी वसन्त कुमार लामाले फुटबल खेललाई मर्यादित बनाउन रेफ्रिको प्रमुख भुमिका हुने बताउनुभयो । उहाँले फुटबल खेललाई मर्यादित बनाउन रेफ्रिहरुले निष्पक्ष निर्णय गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशको खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्य लाल भण्डारीले निष्पक्ष खेल खेलाउन रेफ्रीको भुमिका महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले असल खेलाडी उत्पादन गर्न पनि सक्षम रेफ्रीको आवश्यकता हुने भन्दै प्रशिक्षणले ति आवश्यकता पुरा गर्ने बताउनुभयो ।

उहाँले बागमती प्रदेश सरकारले खेलकुदलाई महत्व दिएको भन्दै प्रदेश खेलकुद परिषद्ले खेलाडिको अवस्थाको अपडेट राख्न सफ्टवेयर तयार पारेको समेत बताउनुभयो । उहाँले बागमती प्रदेश स्तरीय फुटबल प्रतियोगिताको तयारी भैरहेको समते बताउनुभयो ।

बागमती प्रदेश प्रदेश खेलकुद बिकास परिषद्को आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोग र जिल्ला फुटबल संघ मकवानपुरको समन्वयमा प्रशिक्षण कार्यक्रम भएको हो । प्रशिक्षणमा प्रदेशका ३६ जना रेफ्रेहरुको सहभागिता रहेको छ ।

प्रशिक्षण कार्यक्रम माघ १८ गते सम्म हुने आयोजकले जनाएको छ । प्रशिक्षणमा सहभागी रेफ्रिहरुलाई गजेन्द«मा सिंह ,कल्पना शर्मा ,लब खत्री र शैलेश जोशीले प्रशिक्षण दिने बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*