फागुन ५ गतेदेखि हेटौंडामा मेयरकप फुटबल प्रतियोगिता हुने
आगामी फागुन ५ गतेदेखि हेटौंडाको हुप्राचौरमा मेयरकप फुटबल प्रतियोगिता हुने भएको छ ।
सोमबार उपमहानगरपालिकाका खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीको अध्यक्षतामा भएको बैठकले मेयरकप फुटबल प्रतियोगिता गर्ने निर्णय गरेको हो । खेल सञ्चालनका लागि शाहीको संयोजकत्वमा नौ सदस्य समिति समेत चयन गरिएको छ ।
सदस्य चयन हुनेहरुमा सुनिल लोप्चन, सुदिप राजबाहक, युनाल मल्ल, प्रितम खड्गी, सुनिल खड्गी, सुवास विडारी र सुपेन्द्र कार्की छन् । त्यसैगरी आजैको बैठकले उपमेयर मिना कुमारी लामा प्रमुख सल्लाहकार रहेने गरी ७ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।
सल्लाहकारहरुमा प्रताप विष्ठ, हरि हुमागाई, हेटौंडा ४ का वडा अध्यक्ष नविन सिग्देल, सानु लामा, भीम तिमल्सीना, टिका लामा, रुपक महत चयन हुनु भएको छ ।





