चेल्सीले प्रशिक्षक लाम्पार्डलाई बर्खास्त गर्ने
इङ्लिस प्रिमियर लिग फुटबल क्लब चेल्सीले प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गर्ने भएको छ।
टोलीको लगातार कमजोर प्रदर्शनपछि चेल्सीले आफ्ना पूर्व मिडफिल्डर समेत रहेका लाम्पार्डलाई बर्खास्त गर्न लागेको देशसञ्चारमा खबर छ। लाम्पार्डले ८३ खेलमा चेल्सीलाई प्रशिक्षण गरेका छन्।
१८ महिनाअघि उनी चेल्सीको प्रशिक्षक नियुक्त भएका थिए। चेल्सीले खेलेका पछिल्ला ८ मध्ये पाँच खेलमा हार ब्यहोरेको छ। एफए कपअन्तर्गत आइतबार राती भएको खेलमा भने चेल्सीले लुटोनमाथी जित हात पारेको थियो। चेल्सी गत सिजन घरेलु लिगमा शीर्ष चारभित्र रहेको थियो।





