कोरोना संक्रमणबाट स्वास्थ्‍य मन्त्रालयका अधिकृतको मृत्यु

छहारी संवाददाता
माघ १२, २०७७

कोरोना भाइरस (कोभिड-१९) का कारण स्वास्थ्‍य मन्त्रालयकै कर्मचारीको मृत्यु भएको छ। सोमबार मन्त्रालयले विज्ञप्ति निकाल्दै ५१ वर्षीय कम्‍प्युटर अधिकृत कृष्णगोपाल श्रेष्ठको मृत्‍यु भएको जनाएको छ।

मन्त्रालयका सह-प्रवक्ता समीर कुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ यस मन्त्रालयमा विगत लामो समयदेखि कार्यरत ललितपुर , गोदावरी निवासी ५१ वर्षीय कम्‍प्युटर अधिकृत श्री कृष्ण गोपाल श्रेष्ठ ज्‍यूको मिति २०७७ माघ १२ गते चिकित्सा विज्ञान स्वास्थ्य प्रतिष्ठानर वीर अस्पतालमा कोभिड १९ संक्रमण भइ उपचारका क्रममा मृत्यु भएको खबरले मन्त्रालय परिवार स्तब्ध भएको छ। ‘

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*