टिपरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
महोत्तरीको औरही नगरपालिकामा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
औरही नगरपालिका वडा नम्बर ४ कठुवारमा सोमबार बिहान ना ८ ख ९८० नम्बरको टिपरले ज ६ प १४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकल चालक १९ वर्षका प्रमोद राम र पछाडी सवार १३ वर्षका बालक गुड्डु नदाफको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विरोधमा स्थानीयले टायर बालेर प्रदर्शन समते गरेका छन् ।







